चाढैनै चल्ने भयो काँकडभिट्टादेखि-बुटवलसम्म रेल


काठमाडौं । रेल विभागले पूर्वी भाग अर्थात् काँकडभिट्टादेखि बुटवलसम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सकेको छ । मेचीदेखि महाकाली जोड्ने करिब नौ सय ४५ किलोमिटर रेलमार्गको डीपीआर विभागले तयार गर्दैछ । त्यसमध्ये पूर्वी खण्डको ६ सय १९ किमिको डीपीआर तयार भएको हो ।सहायक मार्गसहित रेलमार्गको कुल लम्बाइ १३ सय ७६ किमि हुनेछ ।
झापाको काँकडभिट्टाबाट शुरु हुने रेलमार्गको अन्तिम विन्दु कञ्चनपुरको गड्डाचौकी नाका हुनेछ । बुटवलदेखि पश्चिम खण्डको डीपीआर निर्माणमा विभागका अधिकारीहरु जुटेका छन् । रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायका अनुसार उक्त खण्डको डीपीआर १० महिनाभित्र तयार पारिसक्ने लक्ष्य छ ।
‘निर्माण भने नयाँ सरकारको निर्णयबमोजिम हुनेछ,’ उपाध्यायले भने । लालबन्दीदेखि बर्दिवाससम्मको ३० किमिमा निर्माण शुरु भइसकेको छ । उक्त खण्डमा कल्भर्ट र ग्राभेलिङको काम सकिएको छ । पुलका लागि टेन्डर आह्वान हुन सकेको छैन । सोही कारण आगामी चार वर्षमा पनि उक्त खण्डको निर्माण सकिने लक्षण देखिएको छैन ।
उपाध्यायका अनुसार ठेक्का लागेपछि पनि पुल निर्माण सक्न करिब तीन वर्ष लाग्छ । पुल बनेपछि मात्र रेलको लिक बिछ्याउन शुरु हुन्छ । मध्य भाग अर्थात् सिमराबाट पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज हुँदै नवलपरासी जोड्ने भागको डीपीआर विवादित अवस्थामा छ । आरक्ष र निकुञ्ज क्षेत्र भएकाले विभागले त्यसको विकल्पबारे अध्ययन थालेको छ ।
सोही कारण मध्यभागको डीपीआर नै काम नलाग्ने भएको छ । पूर्वपश्चिम रेलमार्गको अवधारणामा सन् २००८ देखि काम शुरु भएको हो, जसको डीपीआरले अन्तिम रुप पाउन अझै वर्षदिन लाग्ने देखिएको छ । निर्माण शुरु भएका इलाकामा पनि कछुवा गतिमा काम भइरहेको छ ।
उक्त रेलमार्ग निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापान सरकारसँग छलफल अगाडि बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले असोज अन्तिम साता जापान भ्रमण क्रममा आफ्ना समकक्षी कासुनुरी ताकाहासीसँग त्यससम्बन्धि प्रस्ताव गरेका थिए । यसबारे काठमाडौंस्थित जापानी दूतावासका अधिकारीहरुसँग पनि केही चरणका छलफल भएका छन् । तर, निष्कर्ष निस्किइसकेको छैन ।अनलाइन खबर बाट।

Comments

Popular posts from this blog

हार्ने भनेर चर्चा भएका गच्छदारको पक्षमा एकाएक आयो यस्तो मत परिणाम, सबै चकित

डा. बाबुराम भट्टराईको विजय जुलुसमा करिश्मा मानन्धरको ‘इन्ट्री’