रेमिट्यान्स भित्रिने क्रम निरन्तर घट्दो, मूल्यवृद्धि ४ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको चार महिना (कात्तिक) सम्ममा रेमिट्यान्स भित्रने दरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले घटेको छ ।यस वर्षको कात्तिक फकलफल दडदड दडदज दडडद त्तिकसम्ममा २ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।कामको लागि विदेश जाने नेपालीको संख्या घटेकोले रेमिट्यान्स भित्रने क्रम घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ । साउदी अरेबियामा पछिल्लो समय देखिएको मन्दिको कारण त्यहा रोजगारीको लागि जाने नेपालीको संख्यामा कमि आएको देखिन्छ ।राष्ट्र बैंकका अनुसार मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएपनि साउदी अरेबिया जानेको संख्यामा उच्चले कटौति भएको हो । राष्ट्र बैंकले प्रस्तुत गरेको तथ्यांकमा यो वर्ष कात्तिकसम्ममा १५ हजार ९ सय २१ मानिसहरु रोजगारीको खोजीमा साउदी अरब गएका थिए भने टगतदफः ठदफफद डदफदठ  अःडदड डनडन वर्ष ३१ हजार ८ सय ८१ गएका थिए ।घट्दो रेमिट्यान्स र व्यापार असन्तुलन कायमै रहँदा देशको आय व्यय (शोधानान्तर स्थिती) मा दबाब पुगेको छ । शोधानान्तर बचत मात्रै २ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।नेपालमा ३ खर्ब २८ अर्ब रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ भने देशबाट २९ अर्ब बराबरको बस्तु तथा सेवा निर्यात भएको छ । चालु खाता २५ अर्बले घाटामा छ , व्यापार घाटा भने ३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।रेमिट्यान्स भित्रने क्रम सुस्त भएपनि देशसँग रहेको विदेशी मुद्राको सञ्चिती हालसम्म सन्तोषजनक अवस्थामा छ । ११ खर्ब ५ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिती रहेको छ ।ठदठठल डधजजल डदडधड बधडद बैंकहरुसँग रहेको विदेशी मुद्राले साढे ११ महिनाको लागि बस्तु तथा सेवा आयात धान्न पुगने अवस्था छ ।त्यस्तै, असोजको तुलनामा कात्तिकमा मूल्य वृद्धि बढेर ३.९ प्रतिशत पुगेको छ । असोजमा ३.१ प्रतिशत थियो । महंगीको सबैभन्दा धेरै मार पहाडले खेपिरहेको छ ।त्यहाँ ६.२ प्रतिशत मूल्य वृद्धि छ । हिमालमा ४ प्रतिशत, तराईमा ५.१ प्रतिशत र काठमाडौंमा ३ प्रतिशत मूल्य वृद्धि छ । जुम्लामा मूल्यवृद्धि अन्य हिमाली जिल्लामाभन्दा धेरै रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।source=OnlineKhabar

Comments

Popular posts from this blog

हार्ने भनेर चर्चा भएका गच्छदारको पक्षमा एकाएक आयो यस्तो मत परिणाम, सबै चकित

चाढैनै चल्ने भयो काँकडभिट्टादेखि-बुटवलसम्म रेल

डा. बाबुराम भट्टराईको विजय जुलुसमा करिश्मा मानन्धरको ‘इन्ट्री’