राष्ट्र बैंकले भन्यो : कर्जा लगानीमा सावधानी अपनाऊ


काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कर्जा लगानीमा सावधानी अपनाउन भनेको छ । चालु आवको चौथो महिनाको देशको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो सुझाव दिएको हो । ‘कर्जा प्रवाह र निक्षेप परिचालनबीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउन आवश्यक छ,’ राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनामा कर्जा प्रवाह १७.५ प्रतिशत र निक्षेपमा १४.९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाले कुल २४ खर्ब ८६ अर्ब निक्षेप संकलन गरेका छन भने २१ खर्ब ७ अर्ब कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार हाल बजारमा बैंक तथा वित्तीय संस्थामा ३३ अर्ब अधिक तरलता रहेको छ । यद्यपी आइतवार मात्रै एक वाणिज्य बैंकले ११.५ प्रतिशत व्याज दर दिने गरि निक्षेप आवहान गरेको छ । केही बैंक तथा वित्तीय संस्थाले निक्षेप तथा कर्जा लगानी सीमा (सीसीडी रेसियो) कटाएको समेत बैंकरहरु नै बताएका छन् । राष्ट्र बैंकले भने अहिले अवस्था नियन्त्रणमा नै रहेको बताएको छ । रेमिट्यान्स आउने क्रम घटेकोले बैंकिङ प्रणालीमा समेत थप पुँजी भित्रन सकेको थिएन । source=onlinekhabar

Comments

Popular posts from this blog

हार्ने भनेर चर्चा भएका गच्छदारको पक्षमा एकाएक आयो यस्तो मत परिणाम, सबै चकित

चाढैनै चल्ने भयो काँकडभिट्टादेखि-बुटवलसम्म रेल

डा. बाबुराम भट्टराईको विजय जुलुसमा करिश्मा मानन्धरको ‘इन्ट्री’