राजेन्द्र महतोको जीतले मिथिलाको माहोल नै परिवर्तन


मिथिलाको राजधानी जनकपुरमा राजेन्द्र महतोको जीतले यहाँको माहोल नै परिवर्तन भएको छ। धनुषा क्षेत्र नं.– ३ मा नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं प्रभावशाली नेता विमलेन्द्र निधिसँगको प्रतिस्पर्धामा दुई हजार ९०३ मत बढी ल्याएर महतो विजयी भएका हुन्।

राजपाका महतोले ३० हजार ७४२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेका नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले २७ हजार ८२८ मत ल्याएर पराजय भोग्नुपरेको छ।

प्राचीन मिथिलाको राजधानी र जानकीको जन्मभूमि जनकपुरधामबाट राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो विजयी भएका छन्।

पौराणिक तथा ऐतिहासिक रूपमा प्रख्यात जनकपुरधाम धार्मिक पर्यटनको केन्द्र र विभिन्न विद्वान्, विदूषीद्वारा शास्त्रार्थ सुविख्यात, छवटा पूर्वीय दर्शनमध्ये चारवटाको रचनास्थल मानिन्छ।

Comments

Popular posts from this blog

हार्ने भनेर चर्चा भएका गच्छदारको पक्षमा एकाएक आयो यस्तो मत परिणाम, सबै चकित

चाढैनै चल्ने भयो काँकडभिट्टादेखि-बुटवलसम्म रेल

डा. बाबुराम भट्टराईको विजय जुलुसमा करिश्मा मानन्धरको ‘इन्ट्री’