विदेश मात्र देख्नेहरुलाई गतिलो उदाहरण बन्दै युवक, तरकारीखेतीबाट वार्षिक २० लाख आम्दानी


नवलपरासी । पढेपछि जागीर पाइन्छ भन्ने सोच सबैजसो हुन्छ । आफ्नो छोराछोरीले पढाइपछि राम्रो जागीर पाऊन् र धेरै पैसा कमाऊन् भन्ने चाहना अभिभावकको पनि हुने गर्छ । यही सोच र चाहनाले पढे–लेखेका मानिस अहिले परम्परागत कृषि कर्म छाडेर जागीरका लागि शहरउन्मुख बन्दै गएका छन् । तर, पढाइअनुसारको जागीर नपाएपछि बिहान बेलुकाको छाक टार्नसमेत मुश्किल हुने गरेको अनुभव धेरैको छ ।
पढाइ पूरा भएपछि पनि राम्रो आम्दानी नपाउँदा वैदेशिक रोजगारी नै अन्तिम विकल्प मानेर विदेशिने युवाको सङ्ख्या दिनहुँ बढ्दो छ । तर, कुटो–कोदालोलाई नै सारथि बनाएर मनग्गे आम्दानी गर्ने उदाहरणीय युवासमेत हाम्रै समाजमा छन् ।
जिल्लाको हुप्सेकोट गाउँपालिका–३ (साविक देउराली गाविस वडा नं. ४)का थमन रजाली मगर अचेल आफ्नो तरकारीखेतीमा निकै व्यस्त देखिन्छन् । उनले हाल ‘थमन अग्र्यानिक एग्रीकल्चर फार्म’ शुरू गरेका छन् । वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनबाट स्नातक पास गरेका मगरले सानोतिनो जागीर पनि नगरेका होइनन् । ‘तर जागीरबाट प्राप्त आम्दानीले आफ्नो पेट पाल्न पनि धौ–धौ भएपछि कृषि कर्ममा लाग्ने निर्णय गरेँ,’ उनले भने, ‘कृषि फार्मबाट अहिले राम्रो आम्दानी भइरहेको छ, परिवारसँगै बसेर काम गर्न पाउँदा आनन्दको महसूस पनि गरेको छु ।’
मगरले डेढ बिगाहा जग्गामा तरकारीखेती गरेको ५ वर्ष भयो । व्यावसायिक तरकारीखेतीबाट आएको आम्दानीले उनलाई परिवार पाल्न मज्जाले पुगेको छ । स्वदेशमा कुनै सम्भावना नदेखेर कृषि तथा अन्य कार्यका लागि विदेशिने युवालाई लक्षित गर्दै उनले प्रश्न गरे, ‘हामी हीरामा बसेर चाँदी खोज्छौं,’ अनि कसरी हुन्छ विकास ?’
तरकारीखेतीबाट शुरूका वर्ष वार्षिक ८ लाखदेखि १० लाखसम्म आम्दानी गरेका मगर अहिले वार्षिक १८ लाखदेखि २० लाखसम्म कमाउँछन् । ‘जागीर गर्दा बालबच्चालाई दिन कहिलेकाहीँ ५ रुपैयाँ पनि हुँदैनथ्यो,’ उनले भने, ‘अहिले आफ्नै उद्यमबाट लाखौंको व्यवसाय हुने गरेको छ ।’ उनको फार्ममा उत्पादित तरकारी नारायणगढ, पोखरा, काठमाडौंलगायत शहरसम्म पुग्छ ।
अर्गानिक उत्पादन भएकाले सोचेअनुसार मूल्य पाउने गरेको मगरले सुनाए । कृषि पेशालाई व्यावसायिक बनाउन प्रविधिको विकासमा जोड दिनुपर्ने उनको धारणा छ ।

Comments

Popular posts from this blog

हार्ने भनेर चर्चा भएका गच्छदारको पक्षमा एकाएक आयो यस्तो मत परिणाम, सबै चकित

चाढैनै चल्ने भयो काँकडभिट्टादेखि-बुटवलसम्म रेल

डा. बाबुराम भट्टराईको विजय जुलुसमा करिश्मा मानन्धरको ‘इन्ट्री’