निर्वाचनमा पराजित भएसँगै काँग्रेस सरकारबाट भयो अर्को अलोकप्रिय निर्णय

काठमाण्डु, – वायु सेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी भाडा बढाउने निर्णय गरेको हो ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि विमानसेवा कम्पनीले पनि हवाई भाडा बढाउनुपरेको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु चार वा सोभन्दा बढी घटबढ भएमा त्यहीअनुसार भाडा घटाउन तथा बढाउन सक्ने व्यवस्थाअनुसार बढाउने निर्णय भएको छ । यही २२ गते निगमले आन्तरिक इन्धनको मूल्य प्रतिलिटर पाँच बढाएको थियो ।
संघका अनुसार धनगढीका लागि सबैभन्दा धेरै भाडा प्रतियात्रु २२० बढेको छ । यसअघि पुरानो भाडादर रु १२ हजार १०० रहेकामा अब १२ हजार ३२० कायम भएको छ । त्यस्तै सिमराका लागि सबैभन्दा कम प्रतियात्रु ४५ ले भाडा बढेको छ । पुरानो भाडा रु तीन हजार ९५० रहेकामा अब चार हजार १० कायम भएको छ ।
source:online khabar
Comments
Post a Comment