सुनसरी, मंसिर २४– सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले मतान्तर घटाउनु भएको छ । यसअघि २७ सय मतले पछि परेका गच्छदारले एमालेकी भगवती चौधरीसँगको मतान्तर ८ सय १७ मा झार्नु भएको हो । पछिल्लो मत परिणाम अनुसार भगवती चौधरीले २४ हजार ६ सय ५४ मत पाउनु भएको छ । गच्छदारको २३ हजार ८ सय ३७ मत छ । यस्तै ,सासंद बन्ने र आफु माथि लागेका कयन मुद्दामा उन्मुक्ति पाउने सपना बनाएका डन गणेश लामा अन्ततःपराजित भएका छन् । काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश (ख) का बाम गठबन्धन उम्मेदवार चन्द्र लामाले डन गणेशलाई निकै प्रतिस्पर्धात्मक रुपमा हराएका हुन् । आइतबार मध्य रात सार्वनिक मत परिणाम अनुसार नेकपा एमालेका चन्द्र लामाले गणेशलाई ४ हजार १७७ मत अन्तरले पराजित गरे । अपरहण, फिरौती र ज्यान मार्ने उद्योगमा समेत प्रहरीले पटकपटक मुद्दा चलाएको गणेशले २० हजार २७० मत प्राप्त गरे भने चन्द्र २४ हजार ४४७ ल्याएर विजयी बने । राजधानी काठमाण्डौमा काभ्रेली समूह मार्फत हप्ता असुलीदेखि ठेक्कपठ्ठाको धन्दामा समेत सक्रिय रहदैँ आएका छन् । उनले प्राप्त गरेको यो मतलाई हलुका रुपमा भने लिने मि...
Comments
Post a Comment