Posts

Showing posts from December, 2017

यो खबर मलेसियामा रहेका सम्पूर्ण नेपालीहरु माझ पुर्याउन सक्दो सेयर गर्नुहोला ! मलेसियामा रहेका नेपालीहरुलाई खुसीको खबर, २०१८ देखि नयाँ नियम

Image
काठमाडौं । मलेसियामा रहेका बिदेशी कामदारहरुले अब २०१८ देखि लेबी  हुन् । मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नुपर्ने निर्णय गत वर्ष नै गरेको थियो । सो निर्णय १ जनवरी २०१८ देखि लागू हुने मलेसियाको मानव संशाधन मन्त्रालयले जानकारी दिएको छ । मलेसियाको यो निर्णयबाट नेपाली कामदारहरु पनि प्रत्यक्ष लाभान्वित हुने भएका छन् । मलेसिया नेपालीहरुको वैदेशिक टदठदठद डलडल डदल ढझल ढझल ढझदग लञणल ढइसकघल ढएकझझल  छ । नयाँ नियम अनुसार कामदार आफ्नो मुलुक नफर्किएसम्म रोजगारदाता पूर्ण जिम्मेवार हुनु पर्नेछ । विदेशी कामदारको लेवि मलेसियाका बिभिन्न क्षेत्रहरुमा फरकफरक छ । मेलेसियन रिंगेट ५९० देखि १ हजार १० सम्म लेवि तिर्नुपर्दछ । अब नयाँ नियम ‘, जसको उद्देश्य रोजगारदातालाई विदेशी कामदारप्रति जिम्मेवार बनाउनु रहेको छ । विदेशी कामदारको रेखदेख तथा अवस्था मूल्यांकन गर्न जिम्मेवारी र अवलोकन सम्वन्धी मापदण्ड ल्याउने तयारी पनि मलेसिया सरकारले गरेको छ । from

परदेशमा बस्ने नेपालीले जान्नै पर्ने कुरा, हेर्नुस नेपाल फर्कदा विना भन्सार के के लैजान पाइन्छ, अवस्य पढ्नुहोस्

Image
तपाई विदेशबाट स्वदेश फर्कंदा आफूलाई मन परेका सामानहरु किनेर र्फकँदै हुनुहुन्छ ? थाहा पाइराख्नोस् त्रिभुवन विमानस्थलमा तपाईले के÷के सामान विना भन्सार छिराउन पाउनुहुन्छ र के कस्ता सामानमा भन्सार तिर्नुपर्छ ? विमानस्थलको आगमन कक्षमा तपाई एकैछिन उभिनुभयो भने विदेशबाट फर्किएका अधिकांश नेपालीले ठूला टेलिभिजन ल्याएको देख्नुहुन्छ । पछिल्लो समयमा वैदेशिक रोजगारीबाट फर्किँदा एलइडी टेलिभिजन ल्याउनु समान्य जस्तै भएको छ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई ३२ इञ्चसम्म्को टेलिभिजनमा एक रुपैयाँ पनि भन्सार शुल्क लिने गरेको छैन ।  सरकारले टेलिभिजनमा मात्रै होइन, विदेशबाट फर्किंदा ल्याइने धेरै व्यक्तिगत प्रयोजनका मालसामानमा भन्सार छुटको व्यवस्था गरिएको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढंगानाले जानकारी दिए । उनका अनुसार व्यक्तिगत प्रयोजनका निजी गुन्टा र झिटी भारीका लागि  यस्तो व्यवस्था गरिएको हुन्छ । यसरी दिइने भन्सार छुटको फाइदा उठाउनेको संख्या पनि ठूलो छ । नेपाल आउँदा ३२ इञ्चसम्मको टेलिभिजन ल्याउन कम्तिमा १ वर्ष विदेश बसेको हुनपर्ने व्यवस्था छ । त्रिभुवन विमानस्थल ...

रेमिट्यान्स भित्रिने क्रम निरन्तर घट्दो, मूल्यवृद्धि ४ प्रतिशत

Image
काठमाडौं । चालु आर्थिक वर्षको चार महिना (कात्तिक) सम्ममा रेमिट्यान्स भित्रने दरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले घटेको छ । यस वर्षको कात्तिक फकलफल दडदड दडदज दडडद त्तिकसम्ममा २ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । कामको लागि विदेश जाने नेपालीको संख्या घटेकोले रेमिट्यान्स भित्रने क्रम घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ । साउदी अरेबियामा पछिल्लो समय देखिएको मन्दिको कारण त्यहा रोजगारीको लागि जाने नेपालीको संख्यामा कमि आएको देखिन्छ । राष्ट्र बैंकका अनुसार मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएपनि साउदी अरेबिया जानेको संख्यामा उच्चले कटौति भएको हो । राष्ट्र बैंकले प्रस्तुत गरेको तथ्यांकमा यो वर्ष कात्तिकसम्ममा १५ हजार ९ सय २१ मानिसहरु रोजगारीको खोजीमा साउदी अरब गएका थिए भने टगतदफः ठदफफद डदफदठ  अःडदड डनडन वर्ष ३१ हजार ८ सय ८१ गएका थिए । घट्दो रेमिट्यान्स र व्यापार असन्तुलन कायमै रहँदा देशको आय व्यय (शोधानान्तर स्थिती) मा दबाब पुगेको छ । शोधानान्तर बचत मात्रै २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । नेपालमा ३ खर्ब २८ अर्ब रुपैयाँको बस्तु तथा सेवा आयात भएको...

राष्ट्र बैंकले भन्यो : कर्जा लगानीमा सावधानी अपनाऊ

Image
काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कर्जा लगानीमा सावधानी अपनाउन भनेको छ । चालु आवको चौथो महिनाको देशको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो सुझाव दिएको हो । ‘कर्जा प्रवाह र निक्षेप परिचालनबीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउन आवश्यक छ,’ राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनामा कर्जा प्रवाह १७.५ प्रतिशत र निक्षेपमा १४.९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाले कुल २४ खर्ब ८६ अर्ब निक्षेप संकलन गरेका छन भने २१ खर्ब ७ अर्ब कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार हाल बजारमा बैंक तथा वित्तीय संस्थामा ३३ अर्ब अधिक तरलता रहेको छ । यद्यपी आइतवार मात्रै एक वाणिज्य बैंकले ११.५ प्रतिशत व्याज दर दिने गरि निक्षेप आवहान गरेको छ । केही बैंक तथा वित्तीय संस्थाले निक्षेप तथा कर्जा लगानी सीमा (सीसीडी रेसियो) कटाएको समेत बैंकरहरु नै बताएका छन् । राष्ट्र बैंकले भने अहिले अवस्था नियन्त्रणमा नै रहेको बताएको छ । रेमिट्यान्स आउने क्रम...

नया नियम: अब विदेशबाट पठाएको एक लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स नगदमा भुक्तानी नहुने !

Image
काठमाडौं, मंसिर १६ –रेमिट्यान्स कम्पनीले अब एक लाखसम्म मात्र नगदमा भुक्तानी गर्न पाउने भएका छन् । राष्ट्र बैंकले विदेशबाट आउने रेमिट्यान्स १ लाख रुपैयाँसम्म भए नगदमा र त्यसभन्दा बढी बैपकःठः ठदडदड डदडबद भदढदढ बदडदड दबदडडद डदढडद खातामार्फत भुक्तानी दिनुपर्ने नयाँ नियम प्रस्ताव गरेको हो । यसअघि रेमिट्यान्स कम्पनीहरुले जति भए पनि नगदमै भुक्तानी गर्दै आझपझणठण णटणटढट ढटञञप एका थिए । रेमिट्यान्स कम्पनीले सम्बन्धित विप्रेषण कम्पनीहरुको सिस्टम प्रयोग गरी स्वदेशमा आन्तरिक रेमिट्यान्स कारोबार पनि गर्न नपाईनले बैकले नियम बनाएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, तथा रेमिट्यान्सलगायत भुक्तानी सेवा प्रदायक संस्थालाई विद्युतीय कारोबारमार्फत गर्न पाउने खर्चको सीमा तोक्न लागेको हो । भुक्तानी कारोवारमा एकरुपता कायम फगरॅडनड ढनझझन णढनझध ढढनझढध बढनढढध जोखिम कम गर्न राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा तोक्न लागेको हो । प्रस्तावित व्यवस्थाका विषयमा सरोकारवालाले २९ गतेसम्म राय पेश गर्न सक्ने र त्यसकै आधारमा भुक्तानी र खर्चको सीमा निर्धारण गर्ने राष्ट्...

अमेरिकाद्वारा नेपालको प्रशंसा !

Image
काठमाडौं- अमेरिकाले शान्तिपूर्ण र व्यवस्थित रुपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गरी मतगणनालगायतका कार्य व्यवस्थापन गरेकोमा नेपाली जनता र नेपाल सरकारको प्रशंसा गरेको छ । निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको कोसेढुंगा बताउँदै अमेरिकाले नयाँ बन्ने सरकारसँग सहकार्य गर्न आपूm प्रतीक्षारत रहेको जनाएको छ । ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित तथा व्यापक समर्थनप्राप्त रूपमा सम्पन्न गराएकोमा र मतगणनालगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकोमा संयुक्त राज्य अमेरिका नेपाली जनता र नेपाल सरकारप्रति सराहना व्यक्त गर्छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापन नै नेपालको लोकतान्त्रिक यात्राको महत्वपुर्ण कोसेढुंगा हो ।’ निर्वाचनले पारदर्शिता, समावेशिता, विधिको शासन र सेवा प्रदायनका सिद्धान्तमा आधारित उत्तरदायी शासनलाई समेत सम्भव बनाउने विज्ञप्तिमा उल्लेख छ । पाँच चरणमा स्थानीय र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन मुलुकभर सम्पन्न गराउन, सुरक्षि...

चीनले एकै पटक १० ठाउँमा हान्न सक्ने संसारको सबैभन्दा शक्तिशाली मिसाइल बनायो !

Image
चीन संसारकै सबैभन्दा शक्तिशाली आणविक हतियारको धनी देश बनेको छ । संसारको जुनसुकै ठाउँमा प्रहार गर्न सकिने मिसाइल चीनमा तयार भएको छ । चीनले अब यो मिसाइललाई सेनामा सामेश गर्ने भएको छ । सोमबार प्रकाशित एक मिडिया रिपोर्टमा उल्लेख भएअनुसार चाइना आम्र्स कन्ट्रोल एण्ड डिसआठरडधडव डधझलझ धढझलझ दढलढझल ढधझलझ लढमदन्ट एसोसिएसनका बरिष्ठ सल्लाहकार शु गुआंगु ने ले अब यो मिसाइल सेनामा समावेश गरिने बताएका हुन् । चीनको सरकारी मिडिया हाउस ग्लोबल टाइम्सका अनुसार २०१२ मा यो मिसाइल बनाउने घोषणा गझदडडधडलड ढदजद डधडध डढध डधरिएको थियो । ‘डोंगफेंग–४१’ नामको यो मिसाइलको घोषणापछि अहिलेसम्म आठ पटक परीक्षण गरिएको छ र सबै परीक्षण सफल रहेका छन् । ई नेपाल पोस्ट सबै परीक्षण सफल भएपछि अब यसलाई सेनामा समावेश गर्ने तयारी गरिएको छ । रुसी मिडियाको रिपोर्टअनुसार यो मिसाइल अमेरिकाको दबाब बढिरहेका कारण बनाइएको हो । यो मिसाइलले अमेरिका र युरोपका सबै ठाउँमा निशाना लगाउन सक्छ । 

चाढैनै चल्ने भयो काँकडभिट्टादेखि-बुटवलसम्म रेल

Image
काठमाडौं । रेल विभागले पूर्वी भाग अर्थात् काँकडभिट्टादेखि बुटवलसम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सकेको छ । मेचीदेखि महाकाली जोड्ने करिब नौ सय ४५ किलोमिटर रेलमार्गको डीपीआर विभागले तयार गर्दैछ । त्यसमध्ये पूर्वी खण्डको ६ सय १९ किमिको डीपीआर तयार भएको हो ।सहायक मार्गसहित रेलमार्गको कुल लम्बाइ १३ सय ७६ किमि हुनेछ । झापाको काँकडभिट्टाबाट शुरु हुने रेलमार्गको अन्तिम विन्दु कञ्चनपुरको गड्डाचौकी नाका हुनेछ । बुटवलदेखि पश्चिम खण्डको डीपीआर निर्माणमा विभागका अधिकारीहरु जुटेका छन् । रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायका अनुसार उक्त खण्डको डीपीआर १० महिनाभित्र तयार पारिसक्ने लक्ष्य छ । ‘निर्माण भने नयाँ सरकारको निर्णयबमोजिम हुनेछ,’ उपाध्यायले भने । लालबन्दीदेखि बर्दिवाससम्मको ३० किमिमा निर्माण शुरु भइसकेको छ । उक्त खण्डमा कल्भर्ट र ग्राभेलिङको काम सकिएको छ । पुलका लागि टेन्डर आह्वान हुन सकेको छैन । सोही कारण आगामी चार वर्षमा पनि उक्त खण्डको निर्माण सकिने लक्षण देखिएको छैन । उपाध्यायका अनुसार ठेक्का लागेपछि पनि पुल निर्माण सक्न करिब तीन वर्ष लाग्छ । पुल बनेपछि मात्र रे...

विदेश मात्र देख्नेहरुलाई गतिलो उदाहरण बन्दै युवक, तरकारीखेतीबाट वार्षिक २० लाख आम्दानी

Image
नवलपरासी । पढेपछि जागीर पाइन्छ भन्ने सोच सबैजसो हुन्छ । आफ्नो छोराछोरीले पढाइपछि राम्रो जागीर पाऊन् र धेरै पैसा कमाऊन् भन्ने चाहना अभिभावकको पनि हुने गर्छ । यही सोच र चाहनाले पढे–लेखेका मानिस अहिले परम्परागत कृषि कर्म छाडेर जागीरका लागि शहरउन्मुख बन्दै गएका छन् । तर, पढाइअनुसारको जागीर नपाएपछि बिहान बेलुकाको छाक टार्नसमेत मुश्किल हुने गरेको अनुभव धेरैको छ । पढाइ पूरा भएपछि पनि राम्रो आम्दानी नपाउँदा वैदेशिक रोजगारी नै अन्तिम विकल्प मानेर विदेशिने युवाको सङ्ख्या दिनहुँ बढ्दो छ । तर, कुटो–कोदालोलाई नै सारथि बनाएर मनग्गे आम्दानी गर्ने उदाहरणीय युवासमेत हाम्रै समाजमा छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका–३ (साविक देउराली गाविस वडा नं. ४)का थमन रजाली मगर अचेल आफ्नो तरकारीखेतीमा निकै व्यस्त देखिन्छन् । उनले हाल ‘थमन अग्र्यानिक एग्रीकल्चर फार्म’ शुरू गरेका छन् । वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनबाट स्नातक पास गरेका मगरले सानोतिनो जागीर पनि नगरेका होइनन् । ‘तर जागीरबाट प्राप्त आम्दानीले आफ्नो पेट पाल्न पनि धौ–धौ भएपछि कृषि कर्ममा लाग्ने निर्णय गरेँ,’ उनले भने, ‘कृषि फार्मबाट अहिले राम्रो आ...

निर्वाचनमा पराजित भएसँगै काँग्रेस सरकारबाट भयो अर्को अलोकप्रिय निर्णय

Image
काठमाण्डु, – वायु सेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि विमानसेवा कम्पनीले पनि हवाई भाडा बढाउनुपरेको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु चार वा सोभन्दा बढी घटबढ भएमा त्यहीअनुसार भाडा घटाउन तथा बढाउन सक्ने व्यवस्थाअनुसार बढाउने निर्णय भएको छ । यही २२ गते निगमले आन्तरिक इन्धनको मूल्य प्रतिलिटर पाँच बढाएको थियो । संघका अनुसार धनगढीका लागि सबैभन्दा धेरै भाडा प्रतियात्रु २२० बढेको छ । यसअघि पुरानो भाडादर रु १२ हजार १०० रहेकामा अब १२ हजार ३२० कायम भएको छ । त्यस्तै सिमराका लागि सबैभन्दा कम प्रतियात्रु ४५ ले भाडा बढेको छ । पुरानो भाडा रु तीन हजार ९५० रहेकामा अब चार हजार १० कायम भएको छ । source:online khabar

डा. बाबुराम भट्टराईको विजय जुलुसमा करिश्मा मानन्धरको ‘इन्ट्री’

Image
गोरखा–२ बाट प्रतिनिधिसभा र प्रदेशसभामा विजयी भएपछि आइतबार गोरखा सदरमुकाममा भएको विजय जुलुसमा शुभेच्छुकहरुलाई अभिभादन गर्दै नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराई, नयाँ शक्तिका नेता हरिशरण आचार्य र नेपाली काँग्रेसका नेता प्रकाशचन्द दवाडी। तस्बिरः प्रशन्न पोखरेल, गोरखा, रासस |

हार्ने भनेर चर्चा भएका गच्छदारको पक्षमा एकाएक आयो यस्तो मत परिणाम, सबै चकित

Image
सुनसरी, मंसिर २४– सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले मतान्तर घटाउनु भएको छ । यसअघि २७ सय मतले पछि परेका गच्छदारले एमालेकी भगवती चौधरीसँगको मतान्तर ८ सय १७ मा झार्नु भएको हो । पछिल्लो मत परिणाम अनुसार भगवती चौधरीले २४ हजार ६ सय ५४ मत पाउनु भएको छ । गच्छदारको २३ हजार ८ सय ३७ मत छ । यस्तै ,सासंद बन्ने र आफु माथि लागेका कयन मुद्दामा उन्मुक्ति पाउने सपना बनाएका डन गणेश लामा अन्ततःपराजित भएका छन् । काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश (ख) का बाम गठबन्धन उम्मेदवार चन्द्र लामाले डन गणेशलाई निकै प्रतिस्पर्धात्मक रुपमा हराएका हुन् । आइतबार मध्य रात सार्वनिक मत परिणाम अनुसार नेकपा एमालेका चन्द्र लामाले गणेशलाई ४ हजार १७७ मत अन्तरले पराजित गरे । अपरहण, फिरौती र ज्यान मार्ने उद्योगमा समेत प्रहरीले पटकपटक मुद्दा चलाएको गणेशले २० हजार २७० मत प्राप्त गरे भने चन्द्र २४ हजार ४४७ ल्याएर विजयी बने । राजधानी काठमाण्डौमा काभ्रेली समूह मार्फत हप्ता असुलीदेखि ठेक्कपठ्ठाको धन्दामा समेत सक्रिय रहदैँ आएका छन् । उनले प्राप्त गरेको यो मतलाई हलुका रुपमा भने लिने मि...

राजेन्द्र महतोको जीतले मिथिलाको माहोल नै परिवर्तन

Image
मिथिलाको राजधानी जनकपुरमा राजेन्द्र महतोको जीतले यहाँको माहोल नै परिवर्तन भएको छ। धनुषा क्षेत्र नं.– ३ मा नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं प्रभावशाली नेता विमलेन्द्र निधिसँगको प्रतिस्पर्धामा दुई हजार ९०३ मत बढी ल्याएर महतो विजयी भएका हुन्। राजपाका महतोले ३० हजार ७४२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेका नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले २७ हजार ८२८ मत ल्याएर पराजय भोग्नुपरेको छ। प्राचीन मिथिलाको राजधानी र जानकीको जन्मभूमि जनकपुरधामबाट राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो विजयी भएका छन्। पौराणिक तथा ऐतिहासिक रूपमा प्रख्यात जनकपुरधाम धार्मिक पर्यटनको केन्द्र र विभिन्न विद्वान्, विदूषीद्वारा शास्त्रार्थ सुविख्यात, छवटा पूर्वीय दर्शनमध्ये चारवटाको रचनास्थल मानिन्छ।

रुखमा गाइ बाध्दा पनि भएन ! कांग्रेस आफू मात्रै डुबेन, राप्रपा पनि डुबायो, के यो संयोग मात्रै हो ?

Image
काठमाडौं। निर्वाचनमा आश्चर्यजनक पराजित भएसँगै कांग्रेस तेस्रो दलको हैसियतमा खुम्चिने देखिँदै छ। प्रत्यक्ष तर्फ त कांग्रेसको तेस्रो स्थान लगभग तय भैसकेको छ । रोचक त के भने लिङदेनले कांग्रेसका बलिया उम्मेदवार मानिएका केन्द्रीय नेता कृष्ण सिटौलालाई पराजित गर्दैछन् । यो रोचक संयोगले दुवै राप्रपाको नमिठो पराजयको कारक कांग्रेससँगको तालमेल ठहर्याएको छ । निर्वाचन परिणामले कांग्रेसका धेरै हेभीवेट र केन्द्रीय नेताहरुलाई पराजय सुम्पेको छ । तर, निर्वाचनमा कांग्रेस मात्र होइन अन्य दलका चर्चित नेताहरु पनि नराम्रोसँग पराजित भएका छन् । कांग्रेससँग मिल्दा सबैभन्दा ठूलै झट्का दुई राप्रपाका हेभीवेटले पनि व्यहोरे । साना दल भए पनि दुई राप्रपाका केही नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा बलियो जनमत भएका नेतामा पर्दथे । राप्रपाका अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेर जबरा, प्रजातान्त्रिककै उम्मेदवारहरु धनकुटाका सुनिल थापा, चितवनका बिक्रम पाण्डे, रुपन्देहीका दीपक बोहोरालाई जित्न सक्ने उम्मेदवारका रुपमा आंकलन गरिएको थियो । तर यी कसैले पनि जित्न सकेनन् । पशुपति समशेर, कमल थापा, दी...

शेर बहादुर देउवाले पार्टी सकाएको भन्दै कोइराला परिवार आकस्मिक बैठकमा

Image
नेपाली काङ्ग्रेस पछिलो समय तेस्रो हुने भए पछि शेरबहादुर देउवाले पार्टी सकाएको भन्दै कोइराला परिवार एक हुन अहिले आकास्मिक बैठक बस्ने तयारीमा रहेका छन। कोइराला परिवार पार्टी बनाउन सबै पुस्ता नि लागेको भए पनि पछिल्लो समय देउवाको हातमा पार्टी बुझाउदा पार्टी सकाएको आरोप समेत लगाएका छन् । अहिले सम्मको मत परिणामलाई हेर्दा नेपाली कांग्रेस निकै कमजोर देखिएको छ । अहिले पार्टी भित्र र पार्टी बाहिर शेरबहादुर देउवाको नेता तथा कर्याकर्ताले तिव्र आलोचना गर्न थालेका छन् । डडेल्धुरामा आफै जोखिममा रहेका देउवा पछिल्लो समय निकैनी चर्चाको पात्र बन्न थाकेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व असक्षम र निकै नि कमजोर भएकाले चुनावमा लज्जास्पद हार वेहोर्न परेको भन्दै नेता तथा कार्यकर्ताले देउवाको तिव्र आलोचना हुन थालेको छ । Source: pathivaranews.com

नेपाल राष्ट्र बैकले ल्यायो नया नियम: अब विदेशबाट पठाएको एक लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स नगदमा भुक्तानी नहुने !

Image
काठमाडौं, मंसिर १६ –रेमिट्यान्स कम्पनीले अब एक लाखसम्म मात्र नगदमा भुक्तानी गर्न पाउने भएका छन् । राष्ट्र बैंकले विदेशबाट आउने रेमिट्यान्स १ लाख रुपैयाँसम्म भए नगदमा र त्यसभन्दा बढी बैक खातामार्फत भुक्तानी दिनुपर्ने नयाँ नियम प्रस्ताव गरेको हो । यसअघि रेमिट्यान्स कम्पनीहरुले जति भए पनि नगदमै भुक्तानी गर्दै आएका थिए । रेमिट्यान्स कम्पनीले सम्बन्धित विप्रेषण कम्पनीहरुको सिस्टम प्रयोग गरी स्वदेशमा आन्तरिक रेमिट्यान्स कारोबार पनि गर्न नपाईनले बैकले नियम बनाएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, तथा रेमिट्यान्सलगायत भुक्तानी सेवा प्रदायक संस्थालाई विद्युतीय कारोबारमार्फत गर्न पाउने खर्चको सीमा तोक्न लागेको हो । भुक्तानी कारोवारमा एकरुपता कायम गरी जोखिम कम गर्न राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा तोक्न लागेको हो । प्रस्तावित व्यवस्थाका विषयमा सरोकारवालाले २९ गतेसम्म राय पेश गर्न सक्ने र त्यसकै आधारमा भुक्तानी र खर्चको सीमा निर्धारण गर्ने राष्ट्र बैंकले जनाएको छ । (साभार : उज्यालो अनलाइन)

एशियाकै अग्लो बञ्जीजम्प अब नेपालको पर्वतमा, मंसिरको अन्तीम साताबाट संचालनमा आउने

Image
यो बञ्जीजम्प भोटेकोसी भन्दा ६५ मिटर अग्लो छ । बञ्जी र स्वीमीङका लागी बनाइएको पुलमा दैईटा ठुलाठुला एडभर्सज रहेको ब्यवसायी राजु कार्काको भनाई छ । यसमा चार देखी पाँच सेकण्ड सम्मको फ्रीफल हुने अर्का व्यवसायी युवराज जोशीको भनाई छ ।यो संगै बञ्जीखेलमा रम्न र खेल्न आउने पर्यटका लागी बलेवाको पार्कमा रिर्सट निमार्ण कार्य समपन्न हुन लागेको छ । source: इनेपाली पोस्ट

हराएको एन्ड्रोइड फोन पत्ता लगाउने यस्तो छ उपाय जानी राख्नुहोस पुरा पढ्नुस्

Image
तपाईंले चलाएको एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्ट मोबाइल फोन अकस्मात हरायो । मोबाइल फोन त हरायो नै, त्यसभित्र रहेका सम्पर्क नम्बरदेखि आफूले राखेका सुरक्षित डाटाहरूसमेत फोनसँगै हराउँदा जो–कसैलाई थप पीडा हुन्छ । यद्यपि आफूले कतै छुटाएको वा हराएको फोन कुन ठाउँमा छ भनेर आफैंले पत्ता लगाउन सकिन्छ । आफ्नो हराएको फोन आफ्नो कम्प्युटरको मद्दतले फेला पार्न सकिनेछ । यसका लागि आफ्नो गुगल एकाउन्टमा लग इन गरेर एन्ड्रोइड डिभाइस म्यानेजरमा जानुपर्ने हुन्छ । गुगल सर्चमा ‘एन्ड्रोइड डिभाइस म्यानेजर’ टाइप गरियो भने यसको लिंक प्राप्त हुनेछ । प्राप्त लिंकमा क्लिक गरेर एन्ड्रोइड डिभाइस म्यानेजर भित्र प्रवेश गर्न सकिन्छ । एन्ड्रोइड डिभाइस म्यानेजरभित्र पस्नासाथ त्यहाँ हराएको फोनको साथमा गर्न मिल्ने तीनवटा कुरा देख्न सक्नुहुनेछ । ‘प्ले साउन्ड’ भन्ने अप्सन थिच्नुभयो भने तपाईंको फोन साइलेन्ट मोडमै भए पनि ५ मिनेटसम्म बज्नेछ र त्यो आवाजको सहायताले आफ्नो फोन फेला पार्न सकिन्छ । त्यसैगरी तपाईंसँग दोस्रो अप्सन उपलब्ध छ ‘लक’ को । आफ्नो फोन जुन मान्छेसँग छ, उसलाई फोन लक गरेर संदेश छोड्न सकिन्छ । यसका लागि ए...

नेपाल–यूएईबीच दोस्रो खेल जारी, सोमपालले सुरुमै लिए ४ विकेट

Image
काठमाडौं, २२ मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपाल र यूएईबीचको दोस्रो खेलमा यूएई दवावमा आएको छ । नेपालका फास्ट बलर सोमपाल कामीले यूएईका प्रारम्भिक चार ब्याट्सम्यानलाई छिट्टै पेभिलियन फर्काएका छन् । १४ ओभरको खेल सकिँदा यूएई २४ रन मात्र बनाएर चार विकेट गुमाइसकेको अवस्थामा छ । सोमपालले यूएईका कप्तान रोहन मुस्तफासहित अस्फाक अहमद, गुलाम साबर र रमिज सहेजादलाई आउट गरेका हुन् । उनीहरु कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । मोहम्मद उस्मान र मोहम्मद बुटा क्रिजमा अहिले संघर्षरत छन् । अर्का बलर ललित भण्डारीले निकै किफायति बलिङ गरिरहेका छन् । उनले सात ओभर बलिङ गर्दा ४ मेडन राख्दै सात रन मात्र दिएका छन् । यूएईविरुद्धको पहिलो म्याचमा नेपाल सात विकेटले पराजित भएको थियो । दोस्रो म्याचमा नेपालले शक्ति गौचनको स्थानमा सागर पुनलाई स्थान दिएको छ । नेपाल र यूएई दुवै डिभिजन टुमा घटुवा भइसकेका छन् । source:online khabar.com